+
+
Shares

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १६:४०

२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताएको छ ।

कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी सरकारले संसदमा दर्ता गराएको विधेयक संविधानको मर्मविपरीत भएको बताएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको कांग्रेसको दावी छ । विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक हुने भन्दै कांग्रेसले काउन्सिललाई लाचार छायाँ बनाउन खोजेको आरोप लगाएको छ ।

समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटि हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भउको दावी गरेको छ ।

कांग्रेसले मिडियामाथि नियन्त्रण गरेर अधिनायकवादतिर अघि बढेको आरोप पनि लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,  ‘विश्वव्यापी रुपमा प्रेस सम्बन्धमा दुई मापदण्ड प्रसिद्ध छन् । पहिलो, जहाँ लोकतन्त्रको समुन्नत अभ्यास छ, त्यहाँ प्रेसले निर्वाध काम गर्न पाएको छ र आफ्ना लागि आचारसंहिता आफैं तय गरेको छ । दोस्रो, जहाँ अधिनायकवाद छ, त्यहाँ प्रेसलाई सरकारले या त सोझै नियन्त्रण गरेको छ या अनेक कानून निर्माण गरेर घुमाउरो ढंगले नियन्त्रणमा राखेको छ । नेपाली कांग्रेस सोध्न चाहन्छ दोस्रो बाटो हिडेर सरकार आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दावी गर्न कसरी सक्छ ?’

कांग्रेसले प्रेससम्बन्धी कुनै पनि कानून निर्माण गर्दा नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला संस्थाहरुसंग कुनै विमर्श नगर्नु गैरजिम्मेवार शैली मात्रै होइन, अधिनायकवादी प्रवृत्ति भएको भन्दै विरोध जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?