+
+
Shares

मेक्सम र मेलिना भन्दैछन्- आँखा-आँखा जुधे पनि बोल्न सकिन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते ७:५३

काठमाडौं । मेक्सम खाती र मेलिना राईको स्वरमा सजिएको ‘तिम्रो रुपैको जादु’ गीत सार्वजनिक भएको छ । गीतलाई मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट सोमबार रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा स्नेहा पौडेल र मेक्सिम खाती आफैंले अभिनय गरेका छन् ।

कुमार पौडेलले लेखेको गीतमा नरेश खातीको संगीत छ । गीतको एरेञ्ज कमल सौराग र मिक्सिङ किशोर थापाले गरेका छन् । शंकल भुजेलको छायांकनलाई बनिश शाहले सम्पादन गरेका छन् ।

आधुनिक, लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका नरेश खातीले यसपटक फरक शैलीको गीत बनाएको बताएका छन् । ‘उनले भने, ‘यस पटक अलि फरक शैलीमा गीत बनाएको छु । प्रतिक्रिया पनि राम्रो पाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?