Comments Add Comment

ननभेज पुष्प खड्काको सादा जीवनशैली

पुष्प खड्का अभिनित चलचित्र ‘दाल भात तरकारी’ यतिबेला सिनेमा हलमा प्रदर्शन भइरहेको छ । ‘अझै पनि’, ‘मंगलम’, ‘दर्पण छायाँ-२’ देखि ‘मारुनी’सम्मका चलचित्रमा आइपुग्दा उनको अग्लाई बढिसकेको छ ।

यसरी एकपछि अर्को चलचित्रले उम्कन नदिएपछि उनी बेफुर्सदिला बनेका छन् । यस्तै वेफुर्सदका बीच उनले आफुलाई कसरी फिट एन्ड फाइन राखेका छन् ? अनलाइनखबरसँग आफ्नो दिनचर्या यसरी सुनाएका छन् ।

मध्यरातसम्म जागा

पुष्प बेलुकाको सुत्ने समय निकै ढिला छ । उनी रातीको १२ देखि १ बजे भित्र हुन्छ । १ बजे सुतेका पुष्प सुटिङको समयमा बिहान ७ वा ८ बजे नै उठ्ने गर्छन् ।सुटिङ नभएको दिन छ भने उनी बिहानको १० बजेसम्म सुतिदिन्छन् । मस्तसँग ।

बिहान उठ्ने बित्तिकै उनी पहिला आˆनो मोबाइल खोज्छन् । मोबाइल पाएपछि उनी फेसबुक खोल्छन् । पुष्पले भने, ‘आखाँ खुल्नसाथ मोबाइल खोज्छु । फेसबुक हेर्छु । अपडेट लिन्छु अनि मात्र मेरो दिनचार्य सुरु हुन्छ ।’

बिहानको समय पुष्प गीत सुन्न पनि मन पराउँछन् । उनी ओछ्यानमा नै पल्टेर करिव ५ मिनेट गीत सुन्छन् । अनि मात्र आˆनो ओछ्यान छाड्छन् ।

उसिनेको अण्डाबाट बिहानको सुरुवात

ओछ्यान छोडेपछि फ्रेस हुन लाग्छन । फ्रेस हुनसाथ उनी किचेनमा पुग्छन् र लगतार ४ वटा उसिनेको अण्डा खान्छन् । पुष्प भन्छन्, ‘उठेर फ्रेस हुनेबित्तिकै मलाई अण्डा चाहिन्छ । म हेरक बिहान ४ वटा बोइल्ड अण्डा खाने गर्छु ।’

पुष्प ननभेज हुन् । ननभेज खाना उनी आˆनो स्वास्थ्यका लागि खाने गरेको बताउँछन् । उनी भन्छन्, ‘ननभेजमा हाम्रो शरीरलाई चाहिने प्रोटिन हुन्छ । त्यसैको लागि पनि म प्रशस्तै ननभेज खाने गर्छु ।’

पुष्प फलफूल खान पनि मन पराउँछन् । उनले दैनिक फलफुल खाइरहेका हुन्छन् । ‘फलफूलमात्र हैन, मलाई त फलफुलको जुस पनि एकदमै मन पर्छ । म जुस पनि खाइरहेको हुन्छु ।’

तरकारीमा आलु र काउली मन पराउने पुष्प भान्सासम्म पुगेर पकाउने काम भने गर्दैनन् । उनी भन्छन्, ‘म पहिला आफैँ पकाउथे । अहिले बहिनी छिन् । उसैले पकाउँछिन् ।’ आˆनो लुगा पनि बहिनीले नै सफा गरिदिनाले पुष्पलाई अझ सहज छ ।

सुटिङ नभएको समयमा पुष्प घरमा नै बस्न रुचाउँछन् । घरमा बस्दा नोभल पढ्ने गर्छन् । पढ्न अल्छि लाग्यो भने चलचित्र हेर्न थाल्छन् । ‘चलचित्रसँग सम्बन्धित किताबहरु छन् भने बढी चासो दिएर पढ्छु’, पुष्पले भने, ‘नत्र लभस्टोरी चलचित्र हेरेर दिन कटाउछु ।’

भोक लाग्दा रिस उठ्छ

पुष्पलाई हत्तपत्त रिस उठ्दैन । तर, जब रिसाउछन् उनको रिस थामिनसक्नुको हुन्छ । कहिलेकाही भने अत्याधिक भोक लाग्दा पनि उनी रिसाउँछन् । उनी भन्छन्, ‘मलाई एकदमै भोक लाग्यो भने रिस उठ्छ । केही खाएभने उक्त रिस त्यहीँ सकिन्छ ।’ पुष्पलाई शोअप गरेर कुरा गर्ने मानिस पटक्कै मन पर्दैन ।

पुष्प फेसनमा भने खासै ध्यान दिदैँनन् । तर, अलि अलि भएपनि फेसनबारे अपडेट हुन्छन् । आफूलाई कन्र्फट हुने लुगा लगाउदा नै फेसनेबल ठान्छन् उनी । भन्छन्, ‘मलाई सुट लगाउँदा निकै कन्र्फट फिल हुन्छ । सुटमा आफूलाई चट्ट छु भन्ने लाग्छ ।’

नियमित जीम

समय मिलेसम्म र मुड चलेसम्म उनी जीम जान्छन् । कडा वर्कआउट गर्छन् । पसिना चुहाउँछन् ।

सुटिङ नभएको बेला प्राय उनलाई जीम जाने साइत जुर्छ ।  पुष्पले ‘मारुनी’को सुटिङ सुरु हुनुपूर्वको ३-४ महिना त निकै कडा मेहनत गरे । तर, अहिले त्यो छैन् । चलचित्रको छायांकन सकिएपछि उनी जिम गएका छैनन् । पुष्प भन्छन्, ‘अबको केही दिनमा पुन जिम सुरु गर्ने सोचमा छु ।’

पुष्पले आˆनो अनुहारलाई चमकदार देखाउन के प्रयोग गर्छन् त ? उनी भन्छन्, ‘बिहान उठ्ने बित्तिकै फेसवास प्रयोग गर्छु । सुत्ने समयमा मोस्चराइजर लगाउँछु । दिनमा सनक्रिम लगाउनै पर्योन ।’ पुष्पले मेकअप रिमुभर पनि धेरै प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment