Comments Add Comment

रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण

२९ वैशाख, काठमाडौं । सरकारी लापरवाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको हो ।

ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको हो ।

ठेकेदार कम्पनीका अनुसार आयोजनामा नगद प्रवाहको समस्या भएको छ । लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा तोकता गरेको थियो ।

भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा फाइल नपठाउँदा ठेकदारले समयमा भुक्तानी नपाएको हो । यही अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि आयोजनाले समस्या भोगेको छ ।

दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउने गरिएकोमा हाल विभिन्न क्षेत्रमा अवरोध भएको छ ।  ठेकदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य समाग्रीको आपूर्ति रोकिँदा आयोजनामा अन्योलमा परेको छ ।

आयोजनाका एक अधिकारीका अनुसार यी समस्या समधान नगरिए विमानस्थल समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउन चुनौती थपिएको छ ।

‘जेठपछि नदीबाट गिट्टी बालुवा झिक्न रोकिन्छ, ‘ ती अधिकारी भन्छन्,’यस्ता विषयमा गम्भीर भइएन भने आयोजनामा ठूलो असर पर्छ ।’

ठेकदारलाई भुक्तानी दिन उठाइएको फाइल मन्त्रालयमै थन्क्याएर पर्यटन सचिव मोहनकृष्ण सापकोटा हाल प्रधानमन्त्रीसँगै भियतनाम भ्रमणमा छन् ।

‘अर्थसचिव र पर्यटन सचिवले एक मिनेट कुरा गरेर यो समस्या समाधान गर्न सक्ने अवस्था छ,’ आयोजना स्रोत भन्छ,’तर आयोजनाप्रति पछिल्लो समय मन्त्रालय जिम्मेवार ढंगले प्रस्तुत भएको छैन ।’

ठेकदारलाई नेपाल नागरिक उड्डयन प्राधिरकणबाट दिनुपर्ने भुक्तानी भने समयमै दिइएको  छ । एडीबी मार्फत गर्नुपर्ने करिब १० करोडभन्दा बढी भुक्तानी भने रोकिएको  छ ।

‘ठेकदारले सप्लायर्स र कामदारलाई सरकारबाट भरकम प्राप्त हुने आशाले एउटा भाका राखेर भुक्तानीका लागि आश्वासन दिएको हुन्छ । तर, समयमा भुक्तानी नपाएपछि न सप्लायर्सले काम गर्छन्, न मजदुरले,’ आयोजना स्रोत भन्छ ।

हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । तर, धावमानर्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने जसोतसो ठेकेदारले सुचारु राखेको छ ।

तर, अझै रकम दिन ढिला गरे ठेकदारले सम्पूर्ण आयोजनाको काम ठप्प पार्ने देखिएको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment