Comments Add Comment

वाणिज्य बैंक र नबिललेे ९ महिनामै कमाए तीन अर्बमाथि मुनाफा

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात चैत मसान्तसम्ममा बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक मूनाफा आर्जन गरेको छ । सरकारी स्वामित्वको यस बैंकले ९ महिनाको अवधिमा करिब ३ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको हो ।

अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बैंकले १३.४३ प्रतिशतले नाफा बढाएको छ ।

मूनाफाका आधारमा भने वाणिज्य बैंकहरुमध्ये दोस्रो स्थानमा नविल देखिएको छ । नविलले ३ अर्ब १९ करोड रुपैयाँभन्दा धेरै कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९ करोड रुपैयाँ कमाएको नविलले ३.१७ प्रतिशतले मुनाफा वृद्धि गरेको हो ।

६ बैंकले नघाए २ अर्ब

२८ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक र नविलले आफ्नो मुनाफा ३ अर्ब नघाएका छन् । थप ६ वटा बैंकले २ अर्ब रुपैयाँभन्दा माथि को मुनाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंकल लिमिटेड, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र कृषि विकास बैंकले २ अर्ब रुपैयाँ नाफा कटाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ, नेपाल बैंकले करिब २ अर्ब ५७ करोड रुपैयाँ, एनआइसी एशियाले २ अर्ब २७ करोड रुपैयाँ, हिमालयन बैंकले २ अर्ब १ करोड रुपैयाँ, एभरेष्टले २ अर्ब २१ करोड रुपैयाँ र कृषि विकास बैंकले २ अर्ब २१ करोड रुपैयाँ मूनाफा आर्जन गरेका छन् ।

अधिकांश बैंकले अर्बभन्दा बढी नै नाफा कमाएका छन् । सिभिल बैंक र सेञ्चुरी कमर्सीयल गरी दुई बैंकको नाफा भने अर्ब रुपैयाँ पुग्न सकेको छैन ।

समीक्षा अवधिमा मेगा बैंकले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४५ करोड रुपैयाँ, जनता बैंकले १ अर्ब २ करोड रुपैयाँ, नेपाल बंगलादेश बैंकले १ अर्ब १४ करोड रुपैयाँ, सिभिल बैंकले ४९ करोड ३८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब ३२ लाख रुपैयाँ मूनाफा आर्जन गरेका छन् ।

यसैगरी ग्लोबल आईएमई बैंकले १ अर्ब ८७ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, एनसीसी बैंकले १ अर्ब १६ करोड रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब २ करोड रुपैयाँ कमाएका छन् ।

यस्तै, नेपाल एसबिआई बैंकले १ अर्ब ६० करोड रुपैयाँ, सिद्धार्थ बैकले १ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ६ करोड रुपैयाँ र सेञ्चुरी कमर्शियल बैंकले ६२ करोड ६ लाख रुपैयाँ मूनाफा आर्जन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment