Comments Add Comment

एसिया कप हृविल चियर क्रिकेट : नेपालको लगातार दोस्रो हार

२ वैशाख, काठमाडौं । एसिया कप हृविल चियर टी-२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १८.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । बंगलादेशका लागि मोहमद रिपोन उडिनले ५० रन बनाए । त्यस्तै, जाबेद अहमदले ३८, सजिद हुसेनले ३१ र मोहमद असिप हुसेनले १३ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १४८ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि होमनाथ राईले ३६, कप्तान दिगम चेम्जोङले ३५ र डम्बर मगरले १९ रन बनाए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानसँग सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment