Comments Add Comment

एट्लेटीको छाडेका ग्रिजम्यानको यात्रा अब कता ?

३ जेठ, काठमाडौं । गत बुधबार मात्रै एट्लेटिको मड्रिड छाड्ने घोषणा गरेका एन्टोनी ग्रिजम्यानको आगामी यात्रा कतातिर ? चासोको विषय बनेको छ । तर उनी ला लिगा विजेता बार्सिलोना जाने प्रवल सम्भावना छ ।

यतिबेला एट्लेटिको मड्रिड क्लब छाड्ने खेलाडीको आइरो लागेको छ । यसै साता मात्रै फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानले एट्लेटिको मड्रिड छाड्ने घोषणा गरे । ठूला र सफल खेलाडी नै क्लब छाड्न थालेपछि अब क्बलको अवस्था कस्तो रहला ? जिज्ञासा पलाएको छ ।

२८ वर्षीय ग्रिजम्यानको आगामी यात्रा कुन क्लबबाट हाला भन्ने जिज्ञासा फुटबलप्रेमीमा अझै प्रवल देखिन्छ । एट्लेटिको मड्रिडलाई ला लिगा फुटबलमा दोस्रो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिजम्यान अब बार्सिलोना जाने निश्चित जस्तै भएको छ । तर अझै पक्का भने भएको छैन ।

उनलाई भित्र्याउन चाहने क्लबले १२० मिलियन युरो एट्लेटिको मड्रिडलाई तिर्नुपर्ने हुन्छ । बार्सिलोनाले उनलाई आफ्नो क्लबमा भित्र्याउन चाहन्छ । तर अहिले नै यति मूल्यमा क्लबमा भित्र्याउने भन्ने कुराको छिनोफानो भएको छैन ।

एन्टोनी ग्रिजम्यानले सन् २०१४ देखि एट्लेटिको मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । उनले एट्लेटिकोका लागि २५६ खेलबाट १३३ गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment