Comments Add Comment

रुंगटा वेलफेयरद्वारा विद्यालयलाई ५ लाख सहयोग

६ जेठ, वीरगञ्ज । रुंगटा वेलफेयर सोसाइटीले बाराको एक विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालनका लागि ५ लाख आर्थिक सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं ६ स्थित रुंगटा वेलफेयर सोसाईटीले बाराको रामपुर टोकनी स्थित जनता माध्यमिक विद्यालयलाई ५ लाख आर्थिक सहयोग गरेको हो ।

अध्यक्ष मुरलीधर रुंगटाको उपस्थितिमा वेलफेयर सोसाइटीका तर्फबाट पर्साका सहायक प्रमुख जिल्ला नेत्रप्रसाद शर्माले जनता माविका प्रधानाध्यापक बलिराम सर्राफलाई आइतबार ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

सहयोग रकमबट विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी)बाट तीन वर्षे बाली विज्ञान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदान गरिएको सहयोग तोकिएको शीर्षकमा खर्च नगरेको खण्डमा संस्थाले रकम फिर्ता लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले चेक हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment