Comments Add Comment

डेलले विश्वकपमा इंग्ल्यान्डविरुद्धको उद्घाटन खेल गुमाउने

१५ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका भरपर्दा बलर डेल स्टेयनले विश्वकप क्रिकेटको उद्घाटनमा इंग्ल्यान्डसँगको खेल नै गुमाउने भएका छन् ।

इंगल्याण्ड र वेल्समा संयुक्त रुपमा भोलिदेखि सुरु हुने विश्वकप क्रिकेटको उद्घाटन खेल डेलले चोटको कारण गुमाउने भएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दौरानमा उनको काँधमा चोट लाग्न पुगेको थियो ।

३५ वर्षीय डेल पूर्णरुपमा ठीक नभएको हुँदा पहिलो खेल गुमाउने भएका हुन् । तर उनले दोस्रो खेलमा बंगलादेशविरुद्ध पनि खेल्ने नखेल्ने अहिले नै टुंगो लागिसकेको छैन । प्रशिक्षक ओटिस गिब्सनले उद्घाटन खेलमा इंग्ल्यान्डविरुद्ध पूर्णरुपमा ठीक नभएको हुदा खेल्न नसक्ने बताएका हुन् ।

भरपर्दा अनुभवी खेलाडी नै मैदानबाहिर हुँदा दक्षिण अफ्रिकालाई केही घाटा भने हुने निश्चित भएको छ । तर दक्षिण अफ्रिकाको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध भने डेलले खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment