Comments Add Comment

प्रधानमन्त्रीको संकल्प– जनताको अनुहार मलिन हुन दिँदैनौं

१५ जेठ, काठमाडौं । जनताको अनुहार मलिन हुन नदिने संकल्प सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा बुधबार जारी  शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्– हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा हो । जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’

यो संकल्पलाई सार्थक पार्न सबै पेशा, व्यवसायीहरुको साथ रहने विश्वास पनि ओलीले व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसले गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने उल्लेख गरेका छन् ।

‘सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छा शक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment