Comments Add Comment

न्यायाधीशविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउने न्याय परिषदको निर्णय

१४ जेठ, काठमाडौं । न्याय परिषदले न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । परिषदको मंगलबार बसेको वैठकले कपिलवस्तु जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द शमशेर जबराको प्रस्तावमा परिषदले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा न्याय सेवामा जागिर खाएको दाबीसहित उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

न्यायिक इतिहासमै न्यायाधीशविरुद्ध यस्तो मुद्दा पहिलो हुने परिषद स्रोतले जनाएको छ ।

परिषदले अर्का जिल्ला न्यायाधीश बिश्वमंगल आत्रेयलाई अबकास दिने निर्णय गरेको छ ! उनीमाथि ललितपुर जिल्ला अदालतमा भीएलएनका संचालकलाई आर्थिक लेनदेन गरेर रिहाई आदेश दिएको आरोप लागेको थियो ।

खराब आचारण पुष्टि भएपछि आत्रेयलाई अबकास दिने निर्णय गरिएको परिषद स्रोतले बताएको छ ।

यस्तै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई पनि किन कारवाही नगर्ने भनी एक साताभित्र स्पष्टीकरण पेश गर्ने आदेश दिएको छ ।

बानियाँलाई सवारी दुर्घटनासम्बन्धी मुद्दाका अभियुक्तसग घुस लेनदेनमा फैसला गरेको आरोपमा छानबिन भइरहेको छ । ५ लाख घुस सहित पक्राउ परेका इजलास सहायक भोला चालिसेले न्यायाधीश बानियाँले भनेर उक्त रकम लिएको बयान अख्तियार र न्याय परिषदमा दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment