+
+
Shares

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल, सदस्यमा सापकोटा र घिमिरे

शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल (भक्तपुर) नियुक्त भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ।
  • बैठकले सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ।
  • सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन्।

२५ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल (भक्तपुर) नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनी नेपाल सरकारका पूर्वसचिव हुन्।

त्यस्तै आजकै मन्त्रिपरिषद् बैठकले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?