Comments Add Comment

‘विप्लव समूहले जनसेना बनाइसक्यो, निशानामा उपत्यका’

१३ जेठ, काठमाडौं । नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारले बताएको छ । साथै उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’

पछिल्लो वर्षहरुमा गैरकानुनी गतिविधि गर्दै आएको विप्लव समूहले अहिले मुख्य निशाना उपत्यकालाई बनाएको गृहमन्त्री बादलले बताए ।

आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव समूह सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।

मुलधारमा ल्याउँछौं

विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

विप्लव समूहको बन्द र अपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको तर, शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment