Comments Add Comment

रोहितसँग सलमानको सहकार्य

बलिउडका चर्चित नायक सलमान खान अहिले आफ्नो चलचित्र ‘भारत’को प्रचारमा व्यस्त छन् । प्रचारको क्रममा सलमानले धेरै अन्तरवार्ताहरु दिइरहेका छन् । यस्तैमा, हालै सलमानले एक अन्तरवार्तामा सफल निर्देशक रोहित सेट्ठीसँग मिलेर काम गर्न सक्ने बिषयमा बोलेका छन् । ‘के तपाई रोहित सेट्ठीसँग मिलेर काम गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा भनेका छन्–‘अहिले रोहितसँग काम गर्ने कुरा पक्का भइसकेको छैन । तर, उनीसँग मिलेर काम गर्न सकिन्छ ।’

उनीहरुले एकसाथ काम गर्ने पक्का भयो भने छिट्टै त्यसको घोषणा गर्ने समेत बताइएको छ । सफल निर्देशक र सफल कलाकारको एकसाथ काम गर्ने कुराले बलिउड मिडियामा राम्रो स्थान पनि पाइरहेको छ । धेरैले उनीहरु एकसाथ काम गरेको हेर्न चाहेको बताइरहेका छन् ।

अहिले सलमान ‘भारत’को प्रचारसँगै ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । उता रोहित सेट्ठी भने अक्षय कुमारलाई लिएर ‘सुर्यवंशी’ निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment