Comments Add Comment

‘आप्पा’को ट्रेलरमा दयाको खुशी र भावना

बाबु र छोराको सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्र ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर रिलिज गरिएको हो । असारको १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रको छायांकनपक्ष उत्कृष्ट छ । चलचित्रले बाबु र छोराको सम्बन्धलाई भावानात्मक रुपमा उठाएको ट्रेलरमा देख्न सकिन्छ । सिक्किम, दार्जिलिङ लगायतका स्थानमा खिचिएको चलचित्रको दृश्य मनमोहक छ । चलचित्रले एउटा बाबुको भावनालाई मन छुने तरिकाले उठाएको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment