Comments Add Comment

अनुपको ‘कप्स’ले मल्टिप्लेक्समा शो नै पाएन

नायक अनुप विक्रम शाही पछिल्लो पुस्तामा चिनिएको नाम हो । चलचित्रको पर्दामा अनुपलाई लिएर काम गर्दा निर्माताले लगानी पनि राम्रै गरेका छन् । अनुप पनि अब आफूलाई निर्माताले १ करोडसम्म लगानी गर्न तयार भएको बताउँछन् । तर, अनुप विक्रम शाहीले अभिनय गरेका चलचित्रले बक्स अफिसमा खरो व्यापार गर्न सकेका छैनन् । अनुपलाई बरु दर्शकले खलनायकको भूमिकामा बढी रुचाएका छन् ।

तर, अनुपले सोलो नायकको भूमिकामा काम गरेका चलचित्रले दर्शक तान्न सकेका छैनन् । यसैविच, उनले अभिनय गरेको चलचित्र ‘कप्स’ आजबाट रिलिज भएको छ । तर, अनुपको स्टारडमलाई मल्टिप्लेक्स संचालकहरुले पत्याएनन् । यो चलचित्रले मल्टिप्लेक्समा शोज नै पाएको छैन ।

काठमाण्डौको क्यूएफएक्स, बीग मुभिज जस्ता चलेका स्टेशनले यो चलचित्रलाई शो नै दिएनन् । अनुपको चलचित्रले मल्टिप्लेक्समा शो नै नपाएपछि नेपालबाट लगानी उठाउने कुरामा त शंका नै व्यक्त गर्न सकिन्छ । तर, अहिलेको जल्दोबल्दो नायकको चलचित्रले मल्टिप्लेक्सले नपत्याउनुलाई कसरी हेर्न सकिएला ? के अब अनुपले चलचित्र छनोट र आफ्नो कामको बिषयमा सोच्नुपर्ने बेला भएको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment