Comments Add Comment

दिशालाई सलमानको जवाफ–‘म त अझै नयाँ नायिकासँग काम गर्दैछु’

बलिउड नायिका दिशा पाटनीले चलचित्र ‘भारत’मा पहिलो पटक सलमान खानसँग स्क्रिन शेयर गरेकी छिन् । तर, दिशाले केही दिन अगाडि सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम चलचित्र हुने बताएकी थिइन् ।

दिशाले सलमान र आफ्नो उमेर अन्तर धेरै भएका कारण अर्को चलचित्रमा काम गर्ने मौका नपाउन सक्ने बोलेकी थिइन् । भारतमा भने सलमानले २० वर्षको उमेरदेखिको भूमिका निर्वाह गरेको भएर जोडी बन्न सुहाएको उनको तर्क छ ।
दिशाले दिएको यस्तो प्रतिक्रिया पछि सलामनले पनि यो विषयमा बोलेका छन् ।

एक अन्तरवार्तामा सलमानलाई यो बिषयमा प्रश्न गरिएको थियो । जसमा सलमानले भने–‘दिशाले कुन उमेरको कुरा गरिरहेकी छिन् ? म त अझै नयाँ–नयाँ हिरोइनसँग रोमान्स गरिरहेको छु ।’ स्क्रिप्ट र सुहाउँदो भूमिका भयो भने पुन दिशासँग काम गर्न सकिने पनि सलमानले बताएका छन् ।

हाल ‘दंबग ३’ को छायांकनमा व्यस्त सलमानले यो चलचित्र पछि संजयलीला भन्सालीको निर्देशनमा ‘इन्शाअल्ला’मा काम गर्दैछन् । यो चलचित्रमा सलमानको जोडी आलिया भट्ट हुन् । उनीहरुको उमेर अन्तरलाई लिएर पनि धेरै गसिपहरु बनिरहेका थिए । तर, चलचित्रको भूमिका त्यस्तै भएकाले उनीहरुलई लिइएको निर्माण पक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment