Comments Add Comment

रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित

१६ जेठ, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले आज एक विज्ञप्ती जारी गरी कँडेलसहित भैरह वास्ताकोटीलाई कारर्वाही गरेको जनाएका छन् । अध्यक्ष परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ ।’

नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग पनि गरेको छ । यस्ता घटनाबाट विचलित नभएर निर्माणको काममा अघि बढ्न नेकपा चितवनले विज्ञप्ती मार्फत फाउण्डेशनलाई आग्रह गरेको छ ।

धुर्मस-सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको छ । सो बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

 हेर्नुहोस् नेकपाको विज्ञप्ती

चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार कँडेलसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाउन सकिने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

भरतपुर महानगरपालिका–१६ का कँडेल ठेक्कापट्टामा समेत संलग्न छन् । गृहमन्त्री रामबहादुर थापा (बादल)निकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment