Comments Add Comment

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध वेष्ट इन्डिज बलिङ गर्दै

१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको छ ।

ट्रेन्ट बि्रजमा सुरु भएको खेलामा पाकिस्तानले टस हारेपछि ब्याटिङको निम्तो पाएको हो । दुबै टिम जित हात पार्दै विश्वकपमा शखुद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

विहीबारदेखि इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको विश्वकपमा १० राष्ट्र रहेका छन् । आयोजक राष्ट्र इंग्ल्यान्डसहित अष्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, बंगलादेश, श्रीलंका, अफगानिस्तान र भारत रहेका छन् ।

पाकिस्तान प्लेइङ इलाभेन

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, हसन अलि, वाहव रियाज ।

वेष्ट इन्डिज प्लेइङ इलाभेन

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, ओशेन थोमस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment