Comments Add Comment

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको खराब ब्याटिङ, १०५ मा अलआउट

१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरेको पाकिस्तानले १०५ रनमा नै सबै विकेट गुमाएको छ । वेस्ट इन्डिजको बलिङसामु कमजोर देखिएको पाकिस्तान २१.४ ओभरमा नै अलआउट भएको हो ।

टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो । ओपनर इमाम उल हक दुई रन बनाउँदा आउट भएदेखि नै पाकिस्तानी टीम सम्हालिन सकेन ।

फकर जमानले २२ रन, बाबर आजम २२, हरिस सोहिल ८, सर्फराज अहमद ८, मोहम्मद अफिज १६, इमाद वासिम १, हसन अलि १ रनमा आउट भए । नवौँ क्रममा ब्याटिङमा आएका वाहव रियाजले १८ रन बनाए ।

वेस्ट इन्डिजका ज्यासन होल्डरले ३, ओशेन थोमसले ४, एन्ड्रे रसेलले २ साथै सेल्डन कोटरेलले १ विकेट लिए ।

केहीबेरमा १०६ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजको ब्याटिङ सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment