Comments Add Comment

बजेटमा छाया अर्थमन्त्रीको टिप्पणी : भवितव्यमा परुँला कि भन्ने चिन्ता देखियो

Photo Credit : फाइल फोटो

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको नेता डा. मिनेन्द्र रिजाले भवितव्यमा परुँला कि भन्ने चिन्ताले बजेट ल्याएको टिप्पणी गरेका छन् ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा छाया अर्थमन्त्री रिजालले यो बजेट वितरणमुखी भएको बताए ।

सरकार आधाआधा चलाउने प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको सहमतितर्फ इंगित गर्दै रिजालले भने, ‘सरकार कहिँ न कहिँ भवितव्यमा पर्ने हो कि अर्को बजेट मैले होइन, अर्कैले ल्याउने हो कि भन्ने मानसिकतामा देखिन्छ ।’

‘कताकता समाता र समान अवधिका लागि भन्ने पनि आएको छ । हाम्रो त सम्पत्तिको विषय भएन तर, आम नेपालीको सरोकारको विषय त हो नि ।’

भवितव्यमा पर्ने डरले सरकारले सबैतिर गुलियो मिठाई बाँडेको उनको दाबी छ । सांसद रिजालले भने, ‘माथिको गुलियो सकिएपछि तितोपन सुरु हुन्छ ।’

५ वर्षका लागि आएको सरकारबाट वितरणमुखी बजेटको अपेक्षा नभएको उनले बताए । छाया अर्थमन्त्री रिजालले भने, ‘दुई तिहाईको तागत भएको सरकार, जसले अर्को तीन वटा वजेट ल्याउँछु भनेको छ । त्यो सरकारले भन्न सक्नुपथ्र्यो, यो वर्ष पेट बाँध्नुस् । ८ प्रतिशत हाराहारी पुर्‍याउँछौं । अर्को वर्षबाट चुनावी बाचा पूरा गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment