Comments Add Comment

सगरमाथाको चुचुरोमा ‘श्वेताश्री फाउन्डेशन’को झन्डा

विश्वकै अग्लो टाकुरामा ‘श्वेताश्री फाउन्डेशन’को झन्डा फहराएको छ । आरोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरामा श्वेताश्रीको झन्डा फहराएका हुन् ।

माझी बस्ती निर्माणका लागि ‘श्वेताश्री फाउन्डेसन’को अभियानबाट प्रभावित भएर आरोही पेम्बा दोर्जेले सगरमाथामा ‘श्वेताश्री’को झन्डा फहराएका हुन् । चीन र भारतका १० जना टोलीसँगै गएको जेठ ८ मा उनले सगरमाथा आरोहण गरेका थिए ।

श्वेताश्रीको झन्डा विश्वकै अग्लो टाकुरामा फहराएकोमा शेर्पाप्रति नायिका खड्काले आभार व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘माझी बस्तीको अभियानबाट प्रभावित भएर आरोही पेम्बा दोर्जे शेर्पाले संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पु¥याइदिनुभएछ । साथै मेरो जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र मेरो तस्वीर अंकित टिसर्ट लगाएर हामीप्रति दर्शाउनुभएको आत्मियता, सद्भाव र प्रेमप्रति हामी आभारी छौ ।’

आरोही पेम्बा दोर्जेले नायक श्रीकृष्ण श्रेष्ठ आफ्नो मित्र पनि भएको बताएका छन् । उनकै नाममा स्थापित संस्थाबाट श्वेता खड्काले गरिरहेको सामाजिक सेवाको कामलाई अरु हौसला दिन उनले श्वेताश्रीको नाम सगरमाथाको चुचुरोमा पु¥याएको बताएका छन् । ‘एउटी महिलाले पुरा बस्ती नै बनाउने जसरी हिम्मत जुटाइन्, त्यसप्रति हामीले गर्व गर्नुपर्छ । साथसाथै यो किसिमको कामलाई हामीले हौसला दिनुपर्छ’ उनले अगाडि भने–‘किनभने सामाजिक काम गर्नु सगरमाथा चढ्नुभन्दा बढी कठिन काम हो ।’

श्वेताश्री फाउण्डेशनले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकास्थित माझी बस्ती निर्माण गरेको थियो । विनासकारी भूकम्पमा घरबार गुमाएका माझी समुदायको लागि ५३ वटा घर बनाइदिएको श्वेताश्री फाउन्डेसन सामाजिक सेवामा समर्पित संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment