+
+
Shares

निर्मला पन्तको हत्यारा बालुवाटारमै छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १८:४२

१७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् ।

नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’

कार्यक्रममा बोल्दै कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए । सुनकाण्डका दोषी प्रधानमन्त्रीसँगै चाइनादेखि भियतनाम पुगीरहेको दाबी गरे ।

‘राजासँग झुक्न सल्लाह दिए’

डा. कोइरालाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थुनामा रहेका बेला राजासँग सम्झौता गर्न दवाव दिएको समेत बताएका छन् ।

‘२०६२/०६३ को जनआन्दोलन बेलामा राजालाई तपाईंहरूलाई छोड्दैन हस्ताक्षर गरेर छुट्नुस् भन्नुभएको थियो’ उनले भने, ‘उहाँ त्यतिबेला वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्दै हिंड्नुहुन्थ्यो ।’

आफूहरू लोकतान्त्रिक आन्दोलनमा लागेका बेला प्रधानमन्त्री ओली पक्राउ पनि नगरेको उनले स्मरण गरेँ ।

प्रधानमन्त्री ओली शक्तिको भोको रहेको कोइरालाको दाबी छ । उनले भने, ‘ओलीजी सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशतावादको ठ्याक्कै प्रतिबिम्ब हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?