News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रतिनिधि सभामा सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषिमा असफल भएको आरोप लगाए ।
- उनले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गर्दै मन्त्रीहरूले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको बताए ।
- उनले युवा बेरोजगारी, रासायनिक मलको अभाव र कृषकलाई अनुदान नदिएको भन्दै सरकार हरेक ठाउँमा असफल भइरहेको आरोप लगाए ।
१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सरकार राज्य सञ्चालन, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा असफल हुँदै गएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप लगाउँदै अघिल्लो केपी शर्मा ओलीको नेतृत्वको सरकार तथा वर्तमान सरकारको कार्यशैलीमा कुनै फरक नरहेको टिप्पणी गरे । उनले मन्त्रीहरुले सल्लाहकारमा राष्ट्रिय फौज जस्तै भर्ना गर्न थालेको भन्दै आलोचना पनि गरे ।
‘राज्य पुरै असफलतिर ढल्किराखेको छ । सरकारले काम गर्न सकेन, जनतालाई सुशासन दिन सकेन । मन्त्रीको सल्लाहकार राष्ट्रिय फौज जस्तै भर्ना हुन लागेको छ । त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फरक मैले देखिराखेको छैन,’ उनले भने ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको सांसद भाटको आरोप छ ।
उनले रासायनिक मलको उपलब्धताका लागि करोडौं रुपैयाँ विनियोजन गरिएपनि किसानले मल पाउन नसकेको भनाइ राखे ।
‘युवा बेरोजगार व्याप्त छ । ५ सय युवालाई पनि रोजगारी दिन सकेन यो सरकारले । शिक्षा, स्वास्थ्य कुनैपनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन । किसानलाई यो सरकारले मल दिन सकेन । २ करोड रुपैयाँ कृषि माफियाको लागि अनुदान छुट्यायो र १ लाख, २ लाख, ४ लाख, ५ लाख काम गर्ने कृषक, गरीब कृषकको लागि १ रुपैयाँ पनि अनुदान छुट्याएन । त्यसकारण बीमामा यो बीमाको लागि अस्पतालमा बिरामी जान्छ, बीमाको महत्त्व दिँदैन । यसकारण मलाई लागेको छ सरकार हरेक ठाउँ असफल भइराखेको छ,’ उनले भने ।
प्रतिक्रिया 4