+
+
Shares

धनगढीमा तोकिएभन्दा बढी भाडा असुल्ने अटो चालक र सहयोगी पक्राउ

भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा एक हजार ४५० भारतीय रुपैयाँ भाडा असुल गरेको आरोपमा कैलाली प्रहरीले अटो चालक र उनका सहयोगीलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:३८

१ असोज, धनगढी । धनगढीमा भारतबाट फर्किने महिलाबाट तोकिएभन्दा बढी भाडा असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा एक हजार ४५० भारतीय रुपैयाँ भाडा असुल गरेको आरोपमा कैलाली प्रहरीले अटो चालक र उनका सहयोगीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ का ३० वर्षीय अटो चालक अर्जुन जोशी र धनगढी–१ का २४ वर्षीय आशिष पार्की रहेको जिल्ला प्रहरी कार्यालय  कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगरस्थित सीमा क्षेत्रबाट बढी भाडा असुल गरेको भेटिएपछि पक्राउ गरिएको हो ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?