Comments Add Comment

‘जात्रै जात्रा’को अष्ट्रेलिया शोमा खुलेकी वर्षा

चलचित्र ‘जात्रै जात्रा’ले अहिले नेपालमा मात्र होइन, विदेशमा पनि आक्रामक व्यापार गरिरहेको छ । विशेषगरि, अष्ट्रेलियामा चलचित्रले नयाँ रेकर्ड राखिरहेको छ । यही क्रममा शुक्रबार बेलुकी अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको प्रदर्शनमा चलचित्रका मुख्य नायक विपिन कार्की, नायिका वर्षा राउत, निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया उपस्थित थिए ।

चलचित्रको अष्ट्रेलियामा २० वटा शो हाउसफूलका साथ प्रदर्शन भैरहेको छ भने बाँकी १४ शो पनि हाउसफूल भएको निर्माणपक्षले जानकारी दिएको छ । यसैविच, अष्ट्रेलियामा चलचित्रको विशेष प्रदर्शनमा पुगेकी नायिका वर्षा राउतको पहिरन अहिले टक अफ दि टाउन बनेको छ । वर्षाले चलचित्रको विशेष शोमा लगाएको खुलेको पहिरनले सामाजिक संजाललाई पनि तताएको छ ।

नायिका राउतले बिहेपछि झनै खुलेको पहिरन लगाउन थालेको भन्दै चर्चा भएको छ । चलचित्रको गीत रिलिज कार्यक्रममा पनि वर्षा हट बनेकी थिइन् । नेपालमा तेश्रो हप्तामा प्रवेश गरेको चलचित्रले शनिबार आक्रामक व्यापारलाई निरन्तरता दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment