+
+

वेष्ट इन्डिजविरुद्ध आत्मविश्वासी इंग्ल्यान्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते १८:२६

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटको चौथो खेलमा आयोजक इंग्ल्यान्डले शुक्रबार वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमाथि १०६ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्ड त्यही नतिजालाई दोहोर्‍याउन चाहन्छ ।

साउथह्याम्पटनमा दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेलमा इंग्ल्यान्ड पनि खेल आफ्नो आफ्नो पक्षमा पार्न चाहन्छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग पराजित भयो । पाकिस्तानसँगको त्यो १४ रनको हारले इंग्ल्यान्डलाई पाठ सिकायो । त्यसकै परिणाम स्वरुप इंग्ल्यान्डले बंगलादेशमाथि १०६ रनले पराजित गर्न सफल भयो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३८६ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको बंगलादेश ४९ ओभरमै २८० रन बनाउँदा अलआउट भयो ।

इंग्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ यी तीन पक्ष निकै बलियो छ । बंगलादेशविरुद्धको खेलमा फराकिलो जित निकाल्ने क्रममा ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गरे । उनले १२१ बलमा १४ चौका र पाँच छक्का प्रहार गर्दै १५३ रन बनाएका थिए । वेष्ट इन्डिजविरुद्ध पनि उनको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ । त्यसो त कप्तान इयोन मोर्गन, जोनी बैरस्टोव, जोय रुट, जोस बुट्लर, बेन स्टोक्स जस्ता खेलाडी छन् ।

बलिङमा पनि इंग्ल्यान्ड निकै बलियो छ । आदिल रसिद, जोफ्रा आर्चर क्रिस वोकस जस्ता राम्रा बलर छन् ।

वेष्ट इन्डिज पनि बलियो टिम हो । क्रिस गेल, शाइ होप, इभिन लेविस, कार्लोस ब्राथवोएट, कप्तान ज्यासन होल्डर, ड्यारेन ब्राभो जस्ता ब्याट्सम्यान छन् ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, सेलडन कोटरेल, एस्ले नर्स, किमार रोच, ओसेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रसिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?