Comments Add Comment

‘छोरा गुमाएको एक वर्षसम्म पनि न्याय पाएनौं’

३० जेठ, रौतहट । कटहरीया नगरपालिका ९ डुमरियाका दिलिप साहका १३ वर्षीय छोरा युवराजको अपहरण गरी हत्या गरेको एक वर्ष दिन बितिसक्यो । तर घटनामा संलग्नहरुलाई कारबाही नहुँदा पीडामाथि पीडा थपिएको पीडित परिवारले बताएको छ ।

वडाध्यक्ष रामअज्ञा राय यादवकै निर्देशनमा घरमै सुतिरहेको युवराजकलाई छिमेकीहरुले अपहरण गरेका थिए । पविारजनसँग एक करोड रुपैयाँ फिरौती मागेका अपहरणकारीले २४ घण्टा नबित्दै गोली हानेर बालकको हत्यमा गरेका गिए ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १७ जनामाथि अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरी वडाध्यक्ष यादव सहित १२ जनालाई पक्राउ गरेका थियो । घटनामा संलग्न तत्कालीन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान होषनारायण यादव सहित ५ जना अझै फरार छन् ।

पक्राउ परेका मध्ये चार जनालाई अदालतले तारेख छाड्यो । १३ मंसिरमा वीरगञ्ज उच्च उदालतले आरोपीहरु कृष्णअवतार यादव, भोला, सुधिर र विकी राय यादवलाई तारेखमा छाडेको मृतक बालकका आमा बबिता देवीले बताइन् । वडाध्यक्ष सहित तीन जनाले सर्वोच्च अदालतमा अपील गरेको र उनीहरुलाई छुटाउन आर्थिक चलखेल सुरु भएको बबिता देवीले दाबी गरिन् ।

पीडित परिवारका सदस्यहरुले आफूहरुले न्याय पाउनुको साटो थप पीडा भएको बताएका छन् । ‘मेरो छोराले कसको के विगारेको थियो र हत्या गरियो ?, मृतक बालकका बुवा दिलिप साहले भने ‘घटनाका दोषीहरुलाई हदैसम्म कारवाही हुनुपर्छ । ताकि अब अनाहकमा कसैको सन्तान यसरी मारिनु नपसोस् ।’

सन्तान वियोगको पीडामा रहेका अभिभावकको न्यायलयप्रति आफूहरुको विश्वास कायमै रहेको बताए तर, फैसला गर्न ढिलो हुँदा अपराधीहरुको मनोबल बढेको गुनासो गरे ।

दिलिप र वविताले घटनामा संलग्न रहेका प्रहरी जवान होसनारायण यादवसहित फरार पाँचै जनालई पनि कानूनी कारवाही भएको हेर्न चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment