Comments Add Comment

‘कांग्रेसप्रति आकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता-कार्यकर्ता रहेकाे उनले बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment