१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा फुटबल क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडिबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराँते, फुटसल, स्नुकर, टेबलटेनिसका कूल १२७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका हुन् । जसमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको थियो ।
सो अवसरमा वडा नं. २२ को आयोजना तथा नेपाल शारिरीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ मा विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
यसैगरी १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।
पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले शारिरीक सुगठन विजेता खेलाडी तथा अन्य खेलाडीलाई कदर पत्र र ट्रयाकसुट प्रदान गरी सम्मानित गर्नुभयो । फिफा रेफ्री ज्ञानुराजा श्रेष्ठको संयोजकत्वमा रहेको टिमले सम्मानित हुने खेलाडीहरु चयन गरिएको हो ।
वडा २२ मा ए डिभिजन फुटबल खेलिसकेको चार क्लब सुन्धारा, संकटा, एनआरटी र ब्वाइज स्पोर्ट्स रहेका छन् ।
प्रतिक्रिया 4