Comments Add Comment

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

३० जेठ, वीरगञ्ज । प्रहरीले बाराबाट ३० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीलाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलका वीर बहादुर चौधरीलाई प्रहरीले पक्रेको हो ।

चौधरीलाई पलट साह सोनारसँग मिलेर २०३९ साल जेष्ठ ०८ गते साविकको मधुरी जब्दी–५ निवासी सुकदेव साह सोनारको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।

प्रहरीका अनुसार उनीहरुले सुकदेवलाई घरबाट बोलाई हत्या गरी गाउँ नजिकैको डेरा नदीमा फालेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौंडाले २०४३ साल फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौको २०४५ साल असोज १७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकेको थियो ।

फरार रहेका चौधरीलाई गाउँ घरमा लुकीछिपी बसेको अवस्थामा गत मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । चौधरीलाई बारा जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि वीरगंज कारागार कार्यालय, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोही मुद्धामा जन्मकैदको सजाय पाएका पलट साह सोनार विस. २०७५ भदौ ५ गते पक्राउ परी वीरगंज कारागारमा कैद सजाय भुक्तान गरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment