Comments Add Comment

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि गरियो । प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकार उपस्थित थिए ।

चलचित्र ‘प्रेमदिवस’मा नायक आयुष्मान देशराज जोशी, नायिका प्रियंका कार्की र नव–कलाकार विशाल खरेलको मुख्य भूमिका छ । चलचित्रले इलामको चिया उद्योगमा काम गर्ने यूवा–यूवती र उनीहरुको बोसको कथा भन्छ ।
चलचित्र ‘प्रेमदिवस’को कथामा नयाँपन छ । लेखक प्रदिप भारद्धाजले कथामा नयाँपन पस्कन खोजेका छन् । तर, यसलाई समात्न निर्देशकले नसकेको देखिन्छ । यसको पटकथा कमजोर छ ।

चलचित्रमा नायक आयुष्मान देशराजले गरेको पागल प्रेमीको अभिनय राम्रो छ । आयुष्मानको कामलाई दर्शकले तारिफ गर्छन् । उनले आफ्नो भूमिकामा न्याय गरेका छन् । नायिका प्रियंका कार्कीको अभिनय अघिल्ला चलचित्रमा भन्दा झनै खस्किएको छ । उनको अभिनय फितलो छ । प्रियंकाले काम गर्न सकिनन्, या निर्देशकले गराउन जानेनन् यो उनीहरुले नै भन्ने कुरा हो । नव–नायक विशाल खरेलको अभिनय पनि फितलो छ । पावरफूल भूमिका पाएर पनि उनी जम्न सकेका छैनन् । गीतसंगीत चलचित्रको राम्रो छ । लोकेशनको तारिफ गर्न सकिन्छ । पहिलो हाफको तुलनामा दोश्रो हाफले दर्शकलाई बाध्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment