+
+

सेतो पहिरनमा खुलेकी नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १६:५०

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ ।

आफ्नो जन्मदिनमा मिडियासँग केक काट्दै गर्दा सेतो पहिरनमा उनी खुलिन् । नम्रताको हेयर स्टाइल, पहिरनको स्टाइल गज्जबको थियो । फेसनमा समेत सजग हुने गरेकी नम्रता अरु समयमा मिडियासँग नजिक छैनन् । तर, यसपटक उनले आफ्नो जन्मदिनलाई विशेष बनाएकी छिन् । उनी, आजैबाट ३३ बर्षमा समेत प्रवेश गरेकी छिन् । उनको प्रेम जीवन पनि सधै चर्चामा रहेको पाइन्छ ।

 

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?