Comments Add Comment

बच्चाको लागि युट्युब कसरी सुरक्षित बनाउने ?

अनलाइनमा भिडियोहरु हेर्नका लागि युट्युब सबैभन्दा लोकप्रिय प्लेटफर्म हो । निकै लोकप्रिय तथा सरल हुनुका कारणले बच्चाबच्ची किशोर किशोरीसम्म सबै उमेरका मानिसहरु युट्युबमा झुम्मिने गर्दछन् ।

युट्युबमा अनेक खालका भिडियोहरु राखिएका हुन्छन् । कतिपय भिडियोहरु बालबालिकाका लागि अशोभनीय तथा हानिकारक पनि हुन सक्दछन् ।

हुन त युट्युबको किड्स भर्सन पनि छ । तथापि यसमा समेत कतिपय भिडियोहरु बालबालिकाका लागि अनुपयुक्त रहेको गुनासो सुन्ने गरिएको छ । कतिपय भिडियोहरु हिंसात्मक दृश्य सहितका तथा अश्लील सामाग्रीसहितका हुने गरेका छन्, जसले बालबालिकामा नकारात्मक असर पार्दछ ।

यद्यपि, युट्युब किड्समा केही निकै राम्रा तथा उपयोगी फिचरहरु समेत छन् जसको सहयोगले अभिभावकहरुले आफ्ना बालबच्चाहरुले युट्युबमा कस्ता भिडियोहरु हेर्ने र कस्ता भिडियोहरु नहेर्ने भन्ने कुराको छनोट गर्न सक्दछन् ।

साथै अभिभावकहरुले आफ्ना छोराछोरीले युट्युबमा कस्ता भिडियो मन पराउँदछन् र कस्ता भिडियोहरु हेर्ने गरेका छन् भन्ने कुरा पनि थाहा पाउन सक्दछन् ।

आपत्तिजनक तथा हानिकारक भिडियोहरु आफ्ना बालबालिकाले युट्युबमा हेर्न नसकून् भन्नका लागि केही उपाय अपनाउनु पर्दछ ।

सबैभन्दा महत्वपूर्ण कदम भनेको एउटा पासकोड सेट गर्नु पर्दछ । यसको सहयोगले सेटिंग्समा परिवर्तन गर्न सकिन्छ । यसका लागि तल दिइएको चरण पूरा गर्नुहोस्ः

· युट्युबको एप इन्स्टल गरेर खोल्नुहोस्

· त्यसपछि Get Started बटनमा ट्याप गर्नुहोस्

· त्यहाँ आफ्नो (अभिभावकको) जन्म मिति हाल्नुहोस्

· त्यसपछि पेजको दायाँतर्फ देखिने एरो आइकनमा ट्याप गर्नुहोस्

· त्यहाँ आफ्नो गुगल अकाउन्टबाट साइन इन गर्नुहोस्

· त्यसपछि आफ्नो बच्चाको नाम, उमेर तथा जन्ममिति हालिसकेपछि ल्भहत मा ट्याप गर्नुहोस्

· सबैभन्दा तल देखिने Search off  बटनमा ट्याप गर्नुहोस् । जसका कारण बालबालिकाले युट्युब एपमा भिडियो सर्च गर्न सक्दैनन्

· त्यसपछि दायाँतर्फ सबैभन्दा तल रहेको लक आइकनमा ट्याप गर्नुहोस् र सजिलैसँग त्यहाँ सोधिने गणितका प्रश्नको जवाफ लेखेर सेटिंग्स अप्सनमा ट्याप गर्नुहोस्

· त्यहाँ प्रोफाइल छनोट गर्नुहोस् र Approved Content Only लाई अन गनुैहोस् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment