Comments Add Comment

अदालतमा सुनुवाइ हुँदाहुँदै पूर्वराष्ट्रपति मोर्सीको निधन

Photo Credit : Maya Alleruzzo / Associated Press

३ असार, काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ भइरहेका बेला निधन भएको छ ।

अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सरकारी अधिकारीहरुले जनाएका छन् ।

उनको पार्टी मुस्लिम ब्रदरहुडले भने सरकारी भनाइको खण्डन गर्दै उनको हत्या भएको दाबी गरेको छ ।

अधिकारवादी र परिवारका सदस्यहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

६७ वर्षीय मोर्सी  उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । परिवारका सदस्य तथा अधिकारवादीहरुले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।गत अक्टुबरमा उनका कान्छा छोरा अब्दुल्लाले एक टेलिभिजन अन्तरवार्तामा उपचार नगरी बुवालाई अलग राखिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।

मोर्सी इजिप्टमा हाल प्रतिबन्धित इस्लामिस्ट मुभमेन्ट मुस्लिम ब्रदरहुडका शीर्ष नेतामध्ये एक हुन् । इजिप्टको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाउँदै सन् २०१२ मा त्यहाँको सत्ता सम्हालेका थिए । तर सत्ता सम्हालेको १ वर्षपछि सन् २०१३ मा त्यहाँको सैनिकले उनको सरकार अपदस्थ गराएको थियो ।

उनीमाथि प्यालेस्टाइन इस्लामिक ग्रुप ह्याम्ससँग सम्बन्ध राखेकाे लगायत अभियोग लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment