+
+
Shares

ललितपुरमा साढे दुई तले घर ढल्यो

सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका धापाखेल-२४ मा सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको छ ।
  • ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जोखिमका कारण हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति नभएको बताए ।
  • अविरल वर्षाले जमिन गल्दा भिरालो सतहमा बनेको घर ढलेको प्रहरीले जनाएको छ ।

१२ असोज, काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ ।

सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए । सो घरमा थापाको तीन जनाको परिवार बस्दै आएको थियो ।

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।

घर ढल्दा घर मुनि रहेको खोल्सो पनि थुनिएको प्रहरीले जनाएको छ ।

तस्वीरहरू : ललितपुर प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?