News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा तीन दिनदेखिको वर्षासँगै भारी हिमपात हुँदा नाम्खा-६ को न्यालु लेक र नाम्खा-५ नारा लेख बन्द भएका छन्।
- नाम्खा-६ का तिल, जाँङ र हल्जी आउजाउ बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
- हिमपातले खेतबारीको तरकारी खेती ढाकिएको छ, चौरी घर ल्याउन नसकिएको छ र लिमी-लाप्चा जाने आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन्।
१२ असोज, हुम्ला । तीन दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका भारी हिमपात भएको छ।
हिमपातसँगै नाम्खा गाउँपालिका-६ को न्यालु लेक र वडानम्बर ५ को नारा लेक सडक बन्द भएको हो ।
नाम्खा गाउँपालिका-६ को लिमीका तिल, जाँङ, हल्जी आउजाउ गर्न बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। यसपटक हिउँदको समयभन्दा धेरै ३ फिट हिउँ जमेको वडाध्यक्ष तामाङले बताए।
गाउँको खेतबारीमा लगाइएको तरकारीलगायतको खेती हिउँले ढाकेको छ ।
हिमपातले वनमा रहेका चौरीहरू पनि घर ल्याउन नसकिएको र पहिरोको डरले आफूहरु सामुदायिक भवनमा सुरक्षित भएर बसेको वडाध्यक्ष तामाङको भनाइ छ ।
न्यालु लेख बन्द भएसँगै लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्यामा परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4