Comments Add Comment

नेपाली नानो स्याटेलाइटले थाल्यो पृथ्वीको परिक्रमा

२ असार, काठमाडौं । नेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ ।

अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए ।

‘नेपालीस्याट-१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा रपटक नेपालको आकाशमा आउनेछ ।

यसले तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । मौसमी सूचनाहरु पनि दिनसक्छ ।

यो जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) ले तयार गरेको हुन् । यसलार्इ वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा प्रक्षेपण गरिएको थियो ।

‘नेपालीस्याट-१’ १० सेन्टिमिटर लम्बाई,  चौडाई र उचाई छ । यसको तौल एक किलो तीन सय ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

मन्त्री पोखरेलले स्याटलाइन बनाउने मास्के र श्रेष्ठ दुबैलार्इ धन्यवाद दिए । साथै सहयोग गर्नेहरूप्रति अभार प्रकट गरेका छन् । कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि उपस्थित थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भने  नेपालले भविश्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव हासिल हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment