+
+
Shares

भोजपुरमा ट्याक्टर दुर्घटना : दुईको मृत्यु, चार घाइते

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १९:३०

१५ कात्तिक, टक्सार (भोजपुर) । भोजपुरको षडानन्द नगरपालिका-४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षीय दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षे सुनिता तामाङ छन् ।

उनीहरूको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?