+
+
Shares

जनार्दन शर्मा पार्टीको लागि आवश्यक व्यक्ति : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १८:४८

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेता जनार्दन शर्मा पार्टीका लागि आवश्यक व्यक्ति रहेको बताएका छन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूले उनलाई सोधेका थिए, ‘जनार्दन जुरुक्क उठेर हिँड्नुभयो नि आफ्नो कुरा राखे । माओवाद छाड्न आँटे, महाधिवेशन टार्ने षडयन्त्र गरे भनेर ।’

श्रेष्ठले जवाफ दिए, ‘हिँड्दाखेरि उठेरै हिँड्नुपर्छ । बसिरहेर हिँडिदैन । तर, उहाँसँग फेरि छलफल गर्नुपर्छ । उहाँ हाम्रो पार्टीका लागि आवश्यक व्यक्ति हुनुहुन्छ ।’

नेता शर्माले पार्टीको बैठकमा अरुको कुरा पनि सुनेर धारणा बनाउन सुझाव दिए । आफूहरू एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूसँग समेत छलफल गरेर एकताको निष्कर्षमा पुग्न प्रयासमा रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?