+
+
Shares

सर्लाही-३ : नारायणकाजी श्रेष्ठले गरे मनोनयन दर्ता

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:२१

६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

उनले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गराएका हुन् ।

नेता श्रेष्ठ २०६४ को संविधानसभामा मन्त्रिपरिषद्‍बाट मनोनित सभासद थिए । २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लडे । उनी दुवै पटक पराजित भए ।

२०७६ मा राष्ट्रिय सभा सदस्यमा विजयी भए । यसपटक उनी राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?