१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।
उनले एकता र पुनर्गठनको अभियानलाई थप सुदृढ गर्दै अगाडि बढाउनु परेको बताए । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र राष्ट्रियतालाई सुदृढ गर्न एकता गरिएको बताए ।
सुशासन, समृद्धि र सामाजिक न्यायका लागि पार्टी एकता भएको बताउँदै उनले जेनजी विद्रोहको एजेन्डालाई सम्बोधन गर्न सामाजिक न्याय आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4