+
+
Shares

एकीकृत समाजवादी विभाजित नभएर एकतामा आउने सुनिश्चित हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते ११:२७

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको संवाद चलिरहेको बताएका छन् ।

दुई पार्टीबीचको एकता प्रक्रिया समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु हुन सक्नुपर्ने उनको मत छ ।

सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्ने पनि बताएका छन् ।

उनी लेख्छन्, ‘हाम्रो पार्टीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो । तर यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरु विभाजित भएर होइन समाष्टिरुपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ ।’

एकताको प्रक्रियामा रहेका दलहरू विभाजित नभएरै अगाडि बढ्ने वातावरणका लागि धैर्य आवश्यक रहेको पनि उनले बताएका छन् । उनी थप्छन्, ‘त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौं । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।’

तथापि, नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रुपान्तरण ,एकीकरण र पुनर्गठन वर्तमानको आवश्यकता भएको उनले बताएका छन् । यस दिशामा सार्थक पहल समयको निर्देश भएको उल्लेख गर्दै उनी थप्छन्, ‘तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले मागगरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?