१ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित ऐन सम्बन्धी विधेयक निर्माणबारे छलफल चलिरहेको छ ।
जहाँ सांसदहरूले कानुन मन्त्रालयले विधेयक अगाडि बढाउन उचित भूमिका नखेलेको आरोप लगाए ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल लगायत उपस्थित छन् ।
कानुनमन्त्री सिन्हा नजिकै नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ बसेका छन् ।
आफूले बोल्ने क्रममा श्रेष्ठले भने , ‘मैले यहाँ खुसुक्क सोधें- कानुन मन्त्रालयले रोकेको हो र भनेर । उहाँले रोकेको छैन र छिटो अगाडि बढाउने कुरा गर्नुभयो ।’
विधेयकलाई स्वीकृति प्रदान गर्ने कार्य मन्त्रालयले गरेको र गर्ने भनेको सुनाए ।
आफूलाई पनि दलित एन ल्याएर संवैधानिक अधिकार दिलाएर अगाडि बढ्नुपर्ने र भविष्यमा दलित शब्दको प्रयोग नै गर्न नपर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
श्रेष्ठपछि कानुनमन्त्री सिन्हा बोले । आफूले फाइल नअड्काउने प्रतिबद्धता जनाए ।
‘जतिसुकै छिटो अत्यन्त चाडै यस (दलित एनको मस्यौदा) लाई प्राथमिकताको पनि प्राथमिकतामा राख्नेछु,’ उनले भने ।
प्रतिक्रिया 4