+
+
Shares

गृहमन्त्रीले गरे गौरीफन्टा नाकाको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १५:२९

१५ मंसिर, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका छन् ।

मंगलबारदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबार धनगढी पुगेका गृहमन्त्री अर्यालले गौरीफन्टा नाका अवलोकनसहित कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री अर्यालले  गौरीन्टा  नाकामा र अन्य अवैध नाकाबाट हुने राजस्व चुहावटका पहलकदमीलाई अझै कडाइ गर्न निर्देशन दिए ।

नेपाली नागरिक तथा महिला दिदी बहिनीहरूको दैनिक जिविकोपार्जनमा सहजीकरण हुने गरी नियमित, संगठित र व्यावसायिक रूपमा भन्सारमा निगरानी बढाउन उनले निर्देशन दिए ।

गौरीफन्टा नाकामा मन्त्री अर्यालले भारतीय सीमा सुरक्षा बलका प्रहरी अधिकारीहरूसँग कुराकानी गरेका थिए ।

यस्तै मन्त्री अर्यालले आजै कञ्चनपुरको चाँदनी दोधारा-१ मा निर्माण हुन लागेको सुक्खा बन्दरगाहाको निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?