+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
25/3 (6.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले–कांग्रेसले सुशासन रुचाउँदैनन् : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १५:०३

२७ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले र नेपाली कांग्रेसलाई सुशासन मन नपर्ने टिप्पणी गरेका छन् ।

सुर्खेतमा आयोजित संन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले भ्रष्टाचारविरुद्धको कदम चाल्दा एमाले, कांग्रेसले सरकार नै विस्थापित गरिदिएको आरोप लगाएका हुन् ।

‘सुशासन र समृद्धिका लागि ठुल्ठुला कदम चालेका थियौं तर एमाले कांग्रेसलाई सुशासन रुचेन । समृद्ध रुचेन’, आफू गृहमन्त्री हुँदाको स्मरण गर्दै उनले भने, …त्यसैले हाम्रो सरकार विस्थापन गरे ।Ú

श्रेष्ठले एमाले-कांग्रेसले सुशासन नचाहेकै कारण जेनजी विद्रोह भएको दाबीसमेत गरे ।

उनले जेनजीलाई सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पनि बताए । उनले जतासँग गरेका सबै वाचा पूरा गर्न नसकेको भन्दै अब आत्मालोचना गरेर अघि बढ्नु पर्ने बताए । त्यसका लागि पार्टीलाई पनि बदलेर जानुपर्ने उनको भनाइ छ ।

नेपाली कम्युनिस्६ पार्टीलाई घुस नखानेहरुको पार्टी हो भनेर चिनाउनुपर्ने बताउँदै उनले भ्रष्टीकरणको अन्त्य गर्नुपर्ने बताए ।

अर्को प्रशंगमा उनले लोकतन्त्र र संविधानको रक्षाका लागि आवश्यक परे संविधान संशोधन गरेर जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?