
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् ।
साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् । एक सांसदले भने, ‘त्यसअनुसार नै निर्णय आउने सम्भावना छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4