+
+

एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १८:४३

३ असार, काठमाडौं ।  एनआईसी एशिया बैंकले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सबै शाखाबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरे।

बैंकले देसभरि २८४ शाखा, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ कारोबारगर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?