+
+

एकअर्कालाई संसदीय अभ्यास सिकाउँदै ओली-देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १३:२३
Photo Credit : onlinekhabar/File

४ असार, काठमाडौं । मंगलबार संसदमा बोल्न अवरोध गरेपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर वेल घेर्न नेतृत्व गर्नुभयो । उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

उनले कांग्रेसको विरोध असंसदीय भएको मात्र भनेनन्, देउवालाई संसदीय मर्यादा सम्झाए ।

भोलिपल्ट संसदलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई काउन्टर गरे । संसारभर सदन प्रतिपक्षको, सरकार सत्तापक्षको हुन्छ भन्दै देउवाले भने, ‘ओलीजी ०४८ सालदेखि संसदमा भएको मान्छे हो । उहाँलाई थाहै छैन भन्ने हुन्छ ?’

उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रोष्टममा बोल्दै गर्दा विपक्षीले बोल्न नदिएपछि र त्यहीँ लडेको स्मरण गरे । तत्कालीन एमालेले ४८ दिनसम्म संसद अवरुद्ध गरेको भन्दै उनले भने, ‘हामीले गरेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?