
८ असार, बुटवल । कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.७ मोतिपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ । थारूलाई उपचारको लागि बुटवल ल्याइएको छ । खुकुरी प्रहार गर्ने सुनार इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4